भूकम्पले क्षतिग्रस्त प्रहरी भवन जापानी सहयोग नियोगले गर्यो पुनर्निर्माण

भूकम्पले क्षतिग्रस्त प्रहरी भवन जापानी सहयोग नियोगले गर्यो पुनर्निर्माण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा- भूकम्पले भत्काएको गोरखाको पालुङटारस्थित नेपाल प्रहरीको भवन पुनर्निर्माण गरिएको छ।

 

जापानी सहयोग नियोग जाइकाले निर्माण गरेको भवन पालुङ्गटार क्षेत्र प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएको हो।

 

भूकम्पपछि पुनरुथान तथा पुननिर्माण परियोजना अन्तर्गत नै सो भवन बनाई हस्तान्तरण गरेको जाइकाले जनाएको छ ।

 

नवनिर्मित ३ भवनहरु अपांगमैत्री र भुकम्प प्रतिरोधात्मक रहेका छन्।

 

ती भवनमा बन्दीको लागि कोठा सहित महिला पुरुषको लागि ब्यारेक, सभा हल भान्सा लगायतको पनि व्यवस्था मिलाइएको छ । सन् २०१६ बाट बनाउन सुरु गरिएका भवन जाइकाको ८ औं परियोजना अन्तर्गत बनाइएका हुन्।