नेपाल प्रहरी र सशस्त्र प्रहरीको ऐन संशोधन गर्न समिति गठन

नेपाल प्रहरी र सशस्त्र प्रहरीको ऐन संशोधन गर्न समिति गठन


काठमाण्डु – गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको ऐन/नियम संशोधनका लागि अध्ययन गर्न समिति गठन गरेको छ ।

गृहमन्त्री बालकृण खाँणले सह–सचिव एवम् गृह प्रवक्ता फणिन्द्रमणी पोखरेलको नेतृत्वमा ७ सदस्यीय समिति गठन गरेका हुन् । समितिले ऐन/नियम संशोधन अध्ययन गरेपछि गृहमन्त्री खाँणलाई प्रतिवेदन बुझाउनेछ ।

पोखरेल नेतृत्वको समितिमा गृृह, अर्थ र कानुन मन्त्रालयका एक/एकजना उपसचिव तथा नेपाल प्रहरी र सशस्त्रका एक/एकजना प्रहरी नायब महानिरीक्षक (डिआईजी) सदस्य रहेका छन् ।

नेपाल प्रहरीबाट डिआईजी ईश्वरबाबु कार्की र सशस्त्रबाट राजु अर्याल समितिमा सदस्य रहेका छन् ।