सम्पर्कविहीन ३० प्रहरीलाई एक साताभित्र उपस्थित हुन निर्देशन (नामसहित)

सम्पर्कविहीन ३० प्रहरीलाई एक साताभित्र उपस्थित हुन निर्देशन (नामसहित)


काठमाण्डु-लामो समयदेखि बिनाजानकारी सम्पर्कविहीन भएका ३० जना प्रहरीलाई हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।
प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गरी उनीहरूलाई हाजिर हुन भनेको हो । एक साताभित्र सम्पर्कमा नआए सेवाबाटै हटाइने चेतावनी पनि प्रहरी प्रधान कार्यालयले दिएको छ ।

दुई प्रहरी सहायक हबलदार र प्रहरी जवानसहित ३० प्रहरी झन्डै तीन महिनादेखि आफूखुशी गैरहाजिर रहेको कार्यालयले जनाएको छ ।

गैरहाजिर हुनेमा प्रहरी सहायक हबलदारद्वय सुन्दर सेन र वुद्धिमान तामाङसहित छन् ।

समयमै हाजिर भए उनीहरूलाई सफाइको मौका दिइने अन्यथा प्रहरी नियमावली २०७१ को नियम ११३ को उपनियम १ को खण्ड (च) को कसुरअनुसार सेवाबाट हटाउने चेतावनी दिइएको छ ।