प्रहरीमा एआईजीको संख्या १५ पुग्यो, पुडासैनी,पाल,श्रेष्ठ र नेपाललाई एआईजी बनाउने तयारी

प्रहरीमा एआईजीको संख्या १५ पुग्यो, पुडासैनी,पाल,श्रेष्ठ र नेपाललाई एआईजी बनाउने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीमा एआईजीको संख्या १५ पुग्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले भागबन्डा मिलाउन एआईजीको संख्या थप गरेको हो । मन्त्रीपरिषदको सोमबार बसेको बैठकले नेपाल प्रहरीमा थप दुई एआइजीको दरबन्दी थप गर्ने निर्णय गरेको छ ।

 

 

 

यसअघि गृहमन्त्री जनार्दन शर्माको पालामा एआईजीको दरबन्दी बढाएर तेह्र जना पुर्याइएको थियो । प्रहरीमा बढुवा बिवाद हुदा दुई जना एआईजीको दरबन्दी भने रिक्त थियो ।

 

 

 

 

रिक्त दुई एआईजीमा डीआईजीहरु हेमन्तबहादुर पाल र माधव नेपालको बढुवा गर्ने तयारी भएपनि सिनियर डिआईजीहरु बढुवामा छुट्दा बिवाद हुने भएपछि एआईजीको संख्या थप गरिएको स्रोतको दाबी छ ।  

 

 

 

स्रोतकाअनुसार थपिएको चार एआईजी पदमा डीआईजीहरु मधुप्रसाद पुडासैनी, हेमन्तबहादुर पाल, पंकज श्रेष्ठ र माधवप्रसाद नेपाल बढुवा हुने पक्का भएको छ । 

 

 

गृह स्रोतकाअनुसार एआईजी बढुवाको लागी आजै बढुवा समितीको बैठक वस्ने तयारी छ । बढुवा समितीले चारै जना डीआईजीलाई एआईजीमा आजै बढुवा सिफारीस गर्ने तयारी छ ।