काठमाडौं– नेपाल प्रहरीको डिआईजीमा बढुवा सिफारीस भएका १० जना एसएसपीको बढुवा सदर भएको छ । गृहमन्त्री रामबहादुर थापाले आईतबार बढुवा सदर गरेका हुन् । प्रहरी मुख्यालयले पदस्थापनको लागी जिम्मेवारी तोकेपनि गृहमन्त्रालयका सम्बन्धित शाखा हेर्ने कर्मचारी बिदामा बसेकाले पदस्थापनाको निर्णय भने भएको छैन् ।
डिआईजीमा बढुवा भएका १० जनालाई सोमबार १ बजे प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले दज्र्यानी चिन्ह लगाउने कार्यक्रम छ । गृहमन्त्री राबहादुर थापा र प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीबीच शनिवार सांझ पुल्चोकस्थित मन्त्री निवासमा डिआईजीको पदस्थापनाबारे छलफल भएको थियो ।
उक्त छलफलपछि प्रहरी प्रहरी मुख्यालयले डिआईजीको पदस्थापनका लागी पत्र गृहमन्त्रालय पठाइसकेको छ । सोमबार पदस्थापनाको निर्णय हुने गृहस्रोतको दावी छ ।
प्रहरी मुख्यालयले १ नम्वर प्रदेशको प्रहरी प्रमुखमा ईश्वरबावु कार्की, दुई नम्बरमा धिरज प्रताप सिंह, तिन नम्वर प्रदेशमा बसन्त कुमार लामा,चार नम्बरमा घनश्याम अर्याल, पांच नम्वरमा रविन्द्र धानुक ६ नम्बरमा बसन्त पन्त र सात नम्बरमा उत्तमराज सुवेदीको सिफारीस गरेको छ ।
डिआईजी सहकुल थापाको सिआईबी,अरुण विसी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, डिआईजी निरज शाही प्रहरी महानिरीक्षकको सचिवालय, प्रध्मुन कार्की विशेष ब्युरो,प्रकाशजंग कार्की ऐकेडेमी र डिआईजी सुर्य उपाध्यायको सुरक्षा परिषद्को सचिवालयमा सरुवाका लागी सिफारीस भएको छ ।
प्रतिक्रिया