प्रहरी अस्पतालको प्रमुखमा डा. ह्योजु सिफारिस

प्रहरी अस्पतालको प्रमुखमा डा. ह्योजु सिफारिस


काठमाण्डु-नेपाल प्रहरी अस्पतालको प्रमुखमा डा. सुन्दरप्रसाद ह्योजुलाई बढुवा गर्न सिफारिस गरिएको छ ।

अस्पतालमा रिक्त भएको चार महिनापछि सरकारले अतिरिक्त महानिरीक्षकमा बढुवा सिफारिस गरेको छ । बढुवा समितिको बैठकले प्रहरी अतिरिक्त महानिर्देशक (डीआईजी) ह्योजुलाई प्राविधिक प्रहरी समूह, स्वास्थ्य उप–समूहतर्फको अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेको हो ।

एआईजी बन्ने भएसँगै ह्योजु प्रहरी अस्पतालको निर्देशक समेत बन्ने भएका छन् । अस्पतालको निर्देशक समेत रहेकी डा. आशा सिंह गत साउन १० गते अनिवार्य अवकास भएकी थिइन् । उनी एआईजीको उमेर हदका कारण अवकास भएकी हुन् । उनको अवकासपछि प्रहरी अस्पताल प्रमुख समेत रहने एआईजी पद रिक्त थियो ।

डा. ह्योजु अस्पतालका सिनियर चिकित्सक हुन् । एआईजीको प्रतिस्पर्धामा उनीसँगै गोपेश ठाकुर पनि थिए । श्रेष्ठ उनीहरूभन्दा दुई वर्ष जुनियर हुन् । एआईजी बढुवाको सिफारिस मन्त्रिपरिषद्बाट सदर हुनुपर्छ ।