काठमाडौँ – नेपाल प्रहरीले चार सय ५५ प्रहरी निरीक्षकरुहको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाका अनुसार शुक्रबार नेपाल प्रहरीले एकसाथ चार सय ५५ (प्रहरी निरीक्षक) इन्सपेक्टरको सरुवा भएको हो ।
प्रहरी महानिरीक्षक सवेन्द्र खानलले शुक्रबार गरेको निर्णय अनुसार मंसिर महिनाको तलब भक्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको हो। सरुवाअनुसार महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी निरीक्षक जीवन निरौलालाई लागू औषध नियन्त्रण ब्युरो काठमाडौँ लगिएको छ भने प्रहरी प्रधान कार्यालय आपूर्ति महाशाखाकी अनिता महतलाई महानगरीय प्रहरी वृत्त कीर्तिपुर लगिएको छ।
त्यस्तै इलाका प्रहरी कार्यालय धनुषाधामका प्रकाश दाहाललाई महानगरीय प्रहरी कार्यालय रानीपोखरी ल्याइएको छ भने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगन्जका प्रदीप सुवेदीलाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु लगिएको छ। यस्तै संघिय प्रहरी इकाई कार्यालय सेतीका अनिष भण्डारीलाई महानगरीय प्रहरी स्वयम्भू काठमाडौं लगिएकाे छ । माहनगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालय गौचर काठमाडौंका ईश्वरी अधिकारीलाई प्रदेश प्रहरी कार्यालय प्रदेश नं.६ सुर्खेतमा लगिएको छ ।
प्रतिक्रिया