चाडपर्व लक्षित प्रहरीको सुरक्षा योजना : सूचना पाएको पाँच मिनेटमै घटनास्थलमा

चाडपर्व लक्षित प्रहरीको सुरक्षा योजना : सूचना पाएको पाँच मिनेटमै घटनास्थलमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-काठमाडौं प्रहरीले चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । दसैँ, तिहार र छठ पर्वमा हुन सक्ने सम्भावित अपराधका घटना रोक्न प्रहरीले सुरक्षा योजना सार्वजनिक गरेको हो ।

काठमाडौं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त रजौरेले पत्रकार सम्मेलन गर्दै सुरक्षा योजना सार्वजनिक गरेका हुन् ।

प्रहरीले चाडपर्वमा लुटपाट, चोरी, डकैती, तस्करी, जुवातास तथा अवैध मदिरा बिक्री तथा वितरण महँगो भाडा असुलीजस्ता अपराध हुनसक्ने जनाएको छ । त्यसरी अपराधको घटना नियन्त्रण गर्न प्रहरीले सूचना पाएको ५ देखि १० मिनेटभित्र रेस्पोन्स गर्ने जनाएको छ ।

त्यसका लागि काठमाडौं र सम्भावित ठाउँलाई मध्यनजर गरेर ३ हजार ७६५ प्रहरी परिचालन गरिएको छ ।

प्रहरीले चाडपर्व लक्षित सुरक्षाको क्षेत्रहरू, स्थानीय बासिन्दा, आर्थिक कारोबार हुने स्थानहरू, अन्य जिल्लाका लागि सवारी छुट्ने स्थानहरू, व्यक्तिको खाली रहेको घर, सरकारी कार्यालय र भीडभाड हुने बजारहरू रहेको उल्लेख गरेको छ।

त्यस्तै एटिएम बुथ, खसीबजार, गरगहना पसल, धार्मिक स्थल, शक्तिपीठ, पूजास्थल, बस टिकट काउन्टर, बसपार्क र बस पकेटहरूमा पनि सुरक्षा दिनुपर्ने भन्दै सो स्थानहरूमा सुरक्षाकर्मीको उपस्थिति रहने जनाएको छ ।

एसएसपी रजौरेले प्रहरीले सुरक्षा दिनुपर्ने आवश्यक सबै स्थानहरूमा सुरक्षा दिनका लागि प्रहरी तयार रहेको बताए । उनले प्रहरीले व्यक्ति तथा सम्पत्तिहरूको सुरक्षा गर्ने बताए ।

त्यसैगरी प्रहरीले सरकारी सम्पत्ति तोडफोड हुनसक्ने र भीडभाड बजारमा पकेटमारी हुन सक्ने भन्दै सुरक्षाका लागि प्रहरीको व्यवस्था मिलाइएको जानकारी दिएको छ । एटिएम बुथ क्षेत्रतर्फ गस्ती निगरानी गर्ने, गरगहना पसलको सुरक्षामा, शक्तिपीठ, मन्दिर तथा पूजास्थलमा पनि गस्ती हुने उनले जानकारी दिए ।

टिकट काउन्टरहरूले महंगो भाडा असुल्ने, झैझगडा, चोरी, विवाद हुनसक्ने भन्दै त्यहाँ यात्रु सहायता कक्षको व्यवस्था गरी सुरक्षा व्यवस्थापन गरिने उनले उल्लेख गरे ।