यूएन मिसनका लागि नेपाल प्रहरीको टोली सुडान उड्यो, एआईजी जोशीले गरे विदाई

यूएन मिसनका लागि नेपाल प्रहरीको टोली सुडान उड्यो, एआईजी जोशीले गरे विदाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ-  प्रहरी प्रधान कार्यालय प्रशासन बिभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक माधव प्रसाद जोशीले संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ डार्फर सुडान स्थित अनामिड मिसनमा खटिई जान लागेका प्रहरी टोलीलाई बिहीबार उहाँकै कार्य कक्षमा बिदाई गर्नुभयो ।

 

 

त्यस अवसरमा उहाँले मिसन अवधिभर जस्तोसुकै बिषम परिस्थितीमा पनि नेपाल प्रहरीको छवि उच्च राख्दै इमान्दारीता एवं बफादारिताका साथ आप्mनो कर्तव्य निर्वाह गर्न टोलीलाई निर्देशन दिनुभयो ।

 

 

प्रहरी उपरीक्षक सुदिप गिरीको नेतृत्वमा त्यसतर्फ प्रस्थान गर्नेहरुमा प्रहरी नायव उपरीक्षक १, प्रहरी निरीक्षक ५ र प्रहरी नायव निरीक्षक ४ जना गरी कुल ११ जना प्रहरी अधिकृतहरु रहेका छन् ।