प्रहरीमा बढुवा :बढुवा समितिका अध्यक्षका भाई ३३ नम्बरबाट १ मा, एक पुगे ३५ मा

प्रहरीमा बढुवा :बढुवा समितिका अध्यक्षका भाई ३३ नम्बरबाट १ मा, एक पुगे ३५ मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल प्रहरीको इन्सपेक्टर र डिएसपीको बढुवा सिफारीस वरियता मिचेर गरेको पाइएको छ । प्रहरी प्रधान कार्यालयले गठन गरेको बढुवा समितिको सचिवालयले शनिवार राति प्रकाशित गरेको प्रहरी उपरीक्षहरुको बढुवा राजनितिक दबावमा गरेको पाईएको हो । मुख्यालयले गरेको बढुवा सिफारीसमा योग्य अधिकृतहरुले असन्तुष्टी जनाएका छन् ।

प्रहरी मुख्यालयले गरेको डिएसपीबाट एसपी बढुवामा एक नम्बरमा रहेकी गंगा पन्तलाई १५ नम्बरमा पुर्याइएको छ भने ३३ नम्बरमा रहेका डिएसपी अच्युतम प्रसाद पुडासैनीलाई १ नम्बरमा बढुवा सिफारीस गरिएको छ । डिएसपी पुडासैनी बढुवा समितिका अध्यक्ष समेत रहेका गृहमन्त्रालयका सहसचिव हरि पुडासैनीका भाई हुन ।

त्यसैगरी डिसपीमा वरियतामा ३८ नम्बरमा रहेका प्रताप कुमार गुरुङलाई दोस्रो नम्बरमा बढुवा सिफारीस गरिएको छ । बढुवामा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सुरक्षा अधिकृत डिएसपी सानुराम भट्टराईले पनि फड्को मारेका छन् । उनि १५ नम्बरबाट एकै पटक चार नम्बरमा बढुवा सिफारीस भएका छन् । प्रहरीमा काम गर्ने अधिकृतका रुपमा चिनिएका सोमेन्द्रसिंह राठौरलाई समेत बढुवामा पछि पारिएको छ । डिएसपीको वरियतामा चार नम्बरमा रहेका राठौरलाई ९ नम्बरमा पुर्याइएको छ । राठौर अप्रेसनमा समेत निकै अब्बल अफिसरका रुपमा चिनिन्छन् ।

इन्सपेक्टरबाट डिएसपीमा पनि उस्तै
नेपाल प्रहरीको मुख्यालयले शनिवार सांझ गरेको ५५ जना डिएसपीको बढुवामा समेत वरियता मिचिएको छ । इन्सपेक्टरको वरियतामा १ नम्बरमा रहेका रेवति रमण पोखरेललाई ३५ नम्बरमा पुर्याइएको छ । तीन नम्बरमा रहेका इन्सपेक्टर रोशन खड्कालाई ५० नम्बरमा पु्रयाईएको छ । खड्का अपराध महाशाखामा कार्यरत छन् ।

उनि प्रहरीमा अप्रेसनमा अब्बल अधिकृतका रुपमा चिनिन्छन् । बढुवामा अन्य धेरै अधिकृतको वरियता तलमाथी पारेर अन्याय गरिएको पाईएको छ । वरियता र कार्यदक्षताको आधारमा बढुवा हुनुपर्नेमा बढुवामा राजनीतिक दबाव र नातावाद हावि भएको भन्दै योग्य अधिकृतहरुले बढुवा सिफारीसमा असन्तुष्टी जनाएका छन् ।

उनिहरुले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफु वरियताका आधारमा प्रहरी महानिरीक्षक बनेको तर बढुवामा अन्याय हुंदा समेत आफु सांची बनेको आरोप लगाएका छन् । प्रहरीको बढुवा–सरुवामा खनालले योग्य अधिकृतहरुलाई पाखा लगाएर राजनितिक दबावमा काम गरेको गुनासो प्रहरी अधिकारीले लगाउने गरेका छन् ।

डिएसपीबाट एसपी बढुवाको लागी यो लिंकमा क्लिक गर्नुहोस् ।
इन्सपेक्टरबाट डिएसपी बढुवाको पुर्ण जानकारी पाउन यो लिंकमा क्लिक गर्नुहोस ।