नेपाल प्रिमियर लिगका लागि खेलाडी दर्ता प्रक्रिया खुला, दर्ता शुल्क एक हजार

नेपाल प्रिमियर लिगका लागि खेलाडी दर्ता प्रक्रिया खुला, दर्ता शुल्क एक हजार


काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल)मा खेलाडी अक्सनका लागि दर्ता प्रक्रिया खुला भएको छ ।नेपाल क्रिकेट संघ क्यानले ए बी र सी गरी तीन श्रेणीमा विभाजन गरि दर्ता प्रक्रिया खुला गरेको हो ।

खेलाडीले आफ्नो इच्छाअनुसार कुनै पनि श्रेणीमा आफ्नो नाम दर्ता गराउन सक्ने क्यानले जनाएको छ ।खेलाडी दर्ताका लागि एक हजार शुल्क तोकिएको छ भने खेलाडीले अनलाइन मार्फत नाम दर्ता गर्न सक्नेछन् ।

ए ग्रेडका खेलाडीको न्यूनतम मूल्य १० लाख रुपैयाँ तोकिएको छ । उक्त मूल्य बढीमा १५ लाखसम्म जानेछ । एउटा ए ग्रेडको खेलाडीलाई १५ लाखसम्म एक भन्दा बढी टोलीको बोली लागेको खण्डमा चिट्ठा तानिने छ ।

बी ग्रेडका खेलाडीको न्यूनतम मूल्य ५ लाख राखिएको छ । बी ग्रेडका खेलाडीको उच्चतम मूल्य १० लाख सम्म पाउनेछन् । १० लाख भन्दा बढी भएमा चिट्ठा थुतिनेछ । त्यस्तै सी ग्रेडका खेलाडीको न्यूनतम मूल्य २ लाख राखिएको छ । बढीमा ५ लाखसम्म जानेछ ।

एनपीएल नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म काठमाडौंमा हुँदैछ । एनपीएलमा काठमाडौं, पोखरा, चितवन, विराटनगर, जनकपुर, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली गरी आठ टोली छन् । क्यानले ८ टोलीका मार्की खेलाडी चयन गरीसकेको छ ।