आइएफआरसीले गर्‍यो नेपाल रेडक्रसका अध्यक्ष नेपालसहित ५ जना निलम्बन

आइएफआरसीले गर्‍यो नेपाल रेडक्रसका अध्यक्ष नेपालसहित ५ जना निलम्बन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालसहित पाँच जना निलम्बनमा परेका छन् ।

रेडक्रसको अन्तर्राष्ट्रिय संस्था आइएफआरसीले अध्यक्ष नेपाल र उपाध्यक्ष विशाल भण्डारीलाई पत्र लेखेर आइएफआरसीले निलम्बन गरेको जानकारी गराएको छ ।

आइएफआरसीले अध्यक्ष नेपालसहित विनोद कुमार बस्नेत, मनोजकुमार थापा, भुपतिलाल श्रेष्ठ, नारायण तिमिल्सिनालाई निलम्बन गरेको हो।

उनीहरू माथि संस्थाको आधारभूत मान्यतालाई कुल्चेको, सामान्य सिद्धांतहरु परिपालना नगरेको , प्रशासनिक अराजकता निम्त्याएको, राजनीतिक आडमा आर्थिक लाभ लिएकोसहित कारण देखाउँदै निलम्बन गरिएको आइएफआरसीले जनाएको छ ।