फुटबल विकासको लागि एन्फा र साउदी फुटबल संघबीच दुई बर्षको सम्झौता

फुटबल विकासको लागि एन्फा र साउदी फुटबल संघबीच दुई बर्षको सम्झौता


काठमाण्डु-नेपाल र साउदी अरेबियाबीच फुटबल विकासका लागि सम्झौता भएको छ । फुटबलका विभिन्न पक्षको विकासका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) र साउदी अरेबियन फुटबल फेडेरेसन (साफ) बीच दुई वर्षको सम्झौता भएको हो ।

एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र साफका अध्यक्ष यासेर अलमिसेहालले साउदीमा सम्झौता पत्रमा हस्ताक्षरगरेको एन्फाले जनाएको छ । सम्झौता अनुसार दुवै देशले फुटबल गतिविधिका लागि एक अर्कालाई आथित्यता प्रदान गर्ने वा भ्रमण गर्नेछन् ।

यस्तै दुई टोलीबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र विभिन्न उमेर समूह (यू-१७, यू-२०, यू-२३) को ट्रेनिङ क्याम्पहरू पनि समावेश हुनेछन् । एन्फा र साफबीच रेफ्री विकास, रेफ्री शिक्षा, भीएआर सीप र विभिन्न प्रतियोगितामा रेफ्री नियुक्तिसम्बन्धी कार्यक्रमहरू आदानप्रदान हुनेछ।