नेपाल र श्रीलंकाबीचको खेल वर्षाले रोकियो

नेपाल र श्रीलंकाबीचको खेल वर्षाले रोकियो


काठमाण्डु– महिला यु–१९ एसिया कप ‘सुपर–फोर’ को नेपाल र श्रीलंकाबीचको खेल वर्षा कारण रोकिएको छ ।

मलेसियाको क्वालालम्पुरस्थित वेयुमास ओभल क्रिकेट मैदानमा केही बेर अघि सुरु भएको खेल वर्षाले रोकिएको हो।

नेपालले श्रीलङ्काविरुद्ध टस जितेर फिल्डिङ थालेको थियो । पहिलो ओभर सकिएलगत्तै वर्षा सुरु भएपछि खेल रोकिएको हो ।