काठमाण्डु- नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आइतबार झापा एफसी र एफसी चितवनबीच खेल हुँदैछ । खेल बेलुका ६ बजे दशरथ रङ्गशालामा हुनेछ ।
सात टोली सहभागी प्रतियोगितामा झापा एफसी लगातार दुई खेलमा बराबरीसहित दुई अङ्कका साथ पाचौं स्थानमा छ ।
चितवन एफसी लगातार दोस्रो जीतसहित ६ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ ।
प्रतिक्रिया