काठमाडाैँ- नेपाल टेलिकमको मोबाइल फोनमा विहानैदेखि समस्या देखिएको छ। पोष्टपेड र प्रिपेड फोनमा बिहानदेखि फोन नलाग्ने समस्या देखिएको हो। फोन नलाग्दा सेवाग्राही मर्कामा परेका छन्।
सिस्टममा समस्या आएकाले देशभर नै फोन नलाग्ने समस्या देखिएको टेलिकमले जनाएको छ। मर्मतको काम भैरहेकाले केही समयपछि नै सेवा सुचारु हुने नेपाल टेलिकमले जनाएको छ।
प्रतिक्रिया