काठमाण्डु – नेपाल टेलिकमले सेयरधनीलाई पहिलो पटक बोनस सेयर दिने भएको छ । टेलिकमको सोमबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई २० प्रतिशत बोनस र २० प्रतिशत नगद गरी ४० प्रतिशत लाभांश दिने दिने निर्णय गरेको हो ।
टेलिकमले शेयरधनीहरुलाई पहिलो पटक लाभांश दिने घोषणा गरेको हो । कम्पनीले चैत २४ गते साधारण सभा समेत बोलाएको छ । चैत्त १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्नुका सथै साधारणसभामा समेत सहभागिता जनाउंन पाउनेछन् ।
पछिल्लो समय नेपाल टेलिकमको सेयर मूल्य निकै उचालिएको थियो । सोमबार टेलिकमको सेयर १७१४ रुपैयांमा अन्तिम कारोबार भएको छ ।
प्रतिक्रिया