अमेरिकाविरुद्ध नेपालको सानदार जित

अमेरिकाविरुद्ध नेपालको सानदार जित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-नेपालले टि–२० सिरिजको पहिलो खेलमा अमेरिकालाई १७ रनले पराजित गरेको छ ।

शुक्रबार बिहान अमेरिकाको डालसस्थित ग्रान्ड पिएरे मैदानमा टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ७ विकेटको क्षतिमा १४७ रन बनायो । नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले तीन ओभर बलिङ गरेर महत्वपूर्ण तीन विकेट लिए ।

सुरुमा ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलको ३३ बलमा चार चौका र एक छक्काको मद्दतमा सर्वाधिक ४९ रन बनाए। उनी अर्धशतक पूरा गर्न एक रनले चुकेका थिए । अमेरिकाविरुद्ध नेपालका दीपेन्द्रसिंह ऐरीले १७ बलको सामना गर्दै दुई चौका र एक छक्काको मद्दतमा २८ रन जोडेका थिए । ओपनर अनिल शाह र आशिफ शेखले समान २७/२७ रन बनाए। शाहले १८ बलमा २ चौका र १ छक्का प्रहार गर्दा शेखले २७ बलमा चार चौका हिर्काए ।

कुशल भुर्तेल १३ बल खेल्दै १० रनमा आउट भए भने आक्रामक ब्याटिङ सुरु गरेका गुल्सन झा सात बलमा १ छक्का र एक चौका प्रहार गर्दै ११ रन बनाएर आउट भए । त्यसपछिका कुनै पनि ब्याट्सम्यान टिक्न सकेनन् ।

अमेरिकाका लागि सौरभ नेत्रावलकर, जसदीप सिंहर हरमित सिंहले समान दुईदुई विकेट लिएका थिए । जवाफी ब्याटिङमा उत्रिएको अमेरिकालाई सस्तैमा समेट्न दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिँदा गुल्सन झा, करण केसी र रिजन ढकालले समान एकएक विकेट हात पारे ।
अमेरिकाका लागि शायन जहाँगीरले नटआउट ६० रन बनाए ।

नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले पूरै २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १४७ रन मात्र बनाउन सक्यो । सिरिज अन्तर्गत नेपालले नेपालले आइतबार दोस्रो र सोमबार तेस्रो खेल खेल्दैछन् ।