नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य, कुशल भुर्तेलले बनाए ९२ रन

नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य, कुशल भुर्तेलले बनाए ९२ रन


काठमाण्डु-टी–२० आई शृङ्खला अन्तर्गतको दोस्रो खेलमा नेपालले अमेरिकालाई जितका लागि १७१ रनको लक्ष्य दिएको छ ।

अमेकारिकाको डल्लासमा जारी दोस्रो खेलमा टस जितेर पहिला ब्याटिङ्ग गरेको नेपालले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १७० रन बनाएको छ ।

नेपालका लागि कुशल भुर्तेलले सानदार पारी खेल्दै ५४ बलमा ६ छक्का र ७ चौका प्रहार गरेर ९४ रन बनाएका छन् ।

अमेरिकाका जसदीप सिंह र नोस्थुश केन्जिगेले समान २ विकेट लिए ।

तीन खेलको टी–२० शृङ्खलामा नेपाल १–० ले अघि छ । अमेरिकासँगको पहिलो खेलमा नेपाल १७ रनले विजयी भएको थियो । यो नेपालले अमेरिकासँग खेलेको पहिलो टी–२० खेल पनि थियो । टी–२० शृङ्खलाको तेस्रो तथा अन्तिम खेल सोमवार हुनेछ ।

यो टी–२० शृङ्खलापछि अमेरिकामै आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्डबीचको त्रिदेशीय एकदिवसीय शृङ्खला हुनेछ ।