टी-२० शृङ्खलामा अमेरिकाविरुद्ध नेपाल ब्याटिङ गर्दै

टी-२० शृङ्खलामा अमेरिकाविरुद्ध नेपाल ब्याटिङ गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-नेपाल र अमेरिकाबीचको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला शुक्रवारदेखि सुरु भएको छ ।

शृङ्खलाको पहिलो खेलमा डालासको ग्रान्ड प्रिएरी रङ्गशालामा भइरहेको छ । टस जितेर अमेरिकाले नेपाललाई सुरुमा ब्याटिङको निम्तो दिएको छ ।

आइसिसी एक दिवसीय विश्वकप लिग–२ सिरिज खेल्न अमेरिका पुगेको नेपाली टोलीले सिरिजअघि अमेरिकासँग टी–२० प्रतिस्पर्धा गरेको हो ।

नेपालले अमेरिकाबीचको दोस्रो टी–२० खेल आइतवार र तेस्रो तथा अन्तिम खेल सोमवार हुनेछ । यो टी–२० शृङ्खलापछि अमेरिकामै विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्डबीचको त्रिदेशीय एकदिवसीय शृङ्खला हुनेछ ।

नेपालले अमेरिकासँग टी–२० अन्तर्राष्ट्रिय खेल पहिलो पटक खेल्न लागेको हो । नेपाल र अमेरिकाबीच यसअघि सात वटा एकदिवसीय खेल भएकोमा चार खेलमा नेपाल विजयी हुँदा दुई वटामा हार र एक खेल नतिजाविहीन भएको थियो ।