काठमाण्डु-नेपालले सुपर ओभरमा अमेरिकालाई पराजित गर्दै तीन टी–२० शृङ्खलाको उपाधि जितेको छ ।
अमेरिकाको डालासमामा भएको खेलमा अमेरिकाविरुद्धको टी–२० शृङ्खलाअन्तर्गत दोस्रो खेलमा दुवै टोली बराबरीमा रोकिएपछि खेल सुपर ओभरमा गएको थियो ।
सुपरओभरमा नेपालले ३ रनको लक्ष्य पाएको थियो । यो जितसँगै नेपालले एक खेलअगावै अमेरिकाविरुद्धको टी–२० शृङ्खलाको उपाधि जितेको छ ।
सुपर ओभरमा ३ रनको लक्ष्य पाएको नेपालले २ बल अगावै लक्ष्य पूरा गर्यो । सोमपाल कामीले शानदार प्रदर्शन गरेसँगै अमेरिका २ रनमै रोकियो ।
सोमपालले तेस्रो र चौथो बलमा लगातार विकेट लिएर नेपाललाई जिताएका हुन् । त्यसअघि नेपालले टस जितेर ब्याटिङ् रोज्दै अमेरिकालाई १७१ रनको लक्ष्य दिएको थियो ।
नेपालका कुशल भुर्तेलले नटआउट ९२ रन बनाए । भुर्तेलले ५४ बल खेल्दै ६ छक्का र ७ चौका प्रहार गरे । अमेरिकाका जसदीप सिंह र नोस्थुश केन्जिगेले समान २ विकेट लिए ।
अमेरिकाले २० ओभरमा ८ विकेटमको क्षतिमा १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो ।
अमेरिकासँगको पहिलो खेलमा नेपाल १७ रनले विजयी भएको थियो । टी–२० शृङ्खलाको तेस्रो तथा अन्तिम खेल सोमवार हुनेछ ।
प्रतिक्रिया