नेपाल भर्सेस भारत : पहिलो हाफमा गोलरहित बराबरी

नेपाल भर्सेस भारत : पहिलो हाफमा गोलरहित बराबरी


काठमाण्डु – दोस्रो मैत्रीपूर्ण खेल अन्तर्गत नेपाल र भारतबीचको पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ गोलरहित बराबरमा सकिएको हो ।

दुबै टोलीले अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । पहिलो हाफको अन्त्यतिर प्रशिक्षक अब्दुल्लाहले विशाल राई र अन्जन विष्टलाई मैदान पठाएका थिए ।

खेल हेर्न निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री बालकृष्ण खाड मैदानमा उपस्थित भएका छन् । पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र भारतले १–१ को बराबरी खेलेका थिए ।