नेपाल नामिबियासँग पराजित, फाइनल खेल्ने सम्भावना कमजोर

नेपाल नामिबियासँग पराजित, फाइनल खेल्ने सम्भावना कमजोर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– वुमन्स डे कपमा नेपाल नामिबियासँग पराजित भएको छ।

युगान्डामा जारी खेलमा नामिबियाले दिएको १२६ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ५ विकेट गुमाएर१०२ रनमा समेटियो ।

नेपालका लाागि ओपनर साना प्रवीनले सर्वाधिक ३१ रन,पूजा महतो, कविता जोशी १७ र कप्तान इन्दु बर्माले समान १५ रन जोडे।

यो हारसँगै नेपालको फाइनल खेल्ने सम्भावना कमजोर बनेको छ। चार टोली सहभागी प्रतियोगिताका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।

यस अघि टस जितेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले २० ओभरमा ८ विकेट गुमाएर १२५ रन बनायो ।

नामिबियाका लागि यासमीन खानले सर्वाधिक ४५ रन जोडिन् । सुने विटम्यानले १५, विल्का मवाती २० रन रअर्रास्टा डायरगार्डले १६ रन बाहेक अरुले दोहोरो रन जोड्न सकेनन् ।

नेपालका लागि इश्वरी विष्टले सर्वाधिक ३ विकेट लिइन् भने रचना चौधरीले २ र रिया शर्मा र इन्दु वर्माले समान १–१ विकेट लिए ।