काठमाण्डु – घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत नेपालले पपुवा न्युगिनी (पीएनजी)विरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
टियु क्रिकेट मैदानमा पीएनजीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङको निम्तो पाएको हो । आजको खेलमा युवा अलराउन्डर आदिल अन्सारीले डेब्यू पाएका छन् । विष्फोटक ब्याटिङको लागि माहिर रहेका आदिलले टिममा स्थान बनाउँदा कुशल मल्ल बेन्चमा छन् ।
नेपाल आज पीएनजीलाई हराएर एक खेलअघि नै फाइनल पुग्न चाहन्छ । सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई नै १५ रनले हराउँदा दोस्रो खेलमा बुधबार मलेसियालाई ६ विकेटले हराएको थियो । नेपाल २ खेलबाट ४ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा छ । पीएनजीले दुई खेलमा अंक जोड्न सकेको छैन ।
नेपाली टाेली
सन्दीप लामिछाने (कप्तान), आदिल अन्सारी, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख , करण केसी, अभिनाश बोहरा, दीलिप नाथ (विकेटकिपर), आरिफ शेख र रोहित पौडेल ।
प्रतिक्रिया