पपुवा न्युगिनीलाई नेपालले दियो १८४ रनको लक्ष्य

पपुवा न्युगिनीलाई नेपालले दियो १८४ रनको लक्ष्य


काठमाण्डु- त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत पपुवा न्युगिनी (पिएनजी) लाई नेपालले १८४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पिएनजीले टस जितेपछि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८३ रन बनाएको हो ।

नेपालका लागि राम्रो सुरुवात गरेका ओपनर कुशल भुर्तेल ११ बलमा ३ चौका र १ छक्कासहित २० रनमा आउट भएपछि अर्का ओपनर आशिफ शेखले सर्वाधिक ४३ रन जोडे ।

त्यस्तै, रोहितकुमार पौडेलले ३४ रन तथा आरिफ शेखले ३१ रन बनाउँदा करण केसी १४ रन र कुशल मल्लले ११ रन जोडे । आरिफ शेखले ३१ रन बनाए ।