यु-१९ महिला विश्वकप क्रिकेट एसिया छनोट : थाइल्यान्डविरूद्ध नेपाल १०६ रनले विजयी

यु-१९ महिला विश्वकप क्रिकेट एसिया छनोट : थाइल्यान्डविरूद्ध नेपाल १०६ रनले विजयी

फाइल तस्बिर

काठमाण्डु –  आइसीसी यु-१९ महिला विश्वकप क्रिकेट एसिया छनोटमा नेपालले थाइल्यान्डलाई पराजित गरेको छ। आइतबार युनाइटेड अरब इमिरेट्स (युएई)मा भएको खेलमा नेपालले थाइल्यान्डलाई १०६ रनले हराएकाे हाे ।

नेपाल र थाइल्याण्डबीचको खेल आज दिउँसो ३ः१५ बजे सुरु भएको थियो । नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ३९ रन बनाएको थियो ।  १४० रनको लक्ष्य पछ्याएको थाइल्यान्डको १६ ओभरमा ३३ रनमा समेटियो ।

ब्याटिङ गर्ने क्रममा नेपालका लागि साना प्रविनले ५३, सावित्री धामीले २८ तथा सोनी पाख्रिनले १९ रन बनाइन् ।  १४० रनको लक्ष्य पछ्याउने क्रममा थाइलैण्डका लागि   कुनै पनि बयाटरले दोहरो अङ्कामा रन बनाउन सकेनन् । बलिङतर्फ नेपालका लागि कुशुम गोदारले तीन, रिया शर्मा र रचना चौधरीले दुई दुई तथा पूजा महतोले एक विकेट लिइन् ।

गत बुधबारदेखि सुरु भएको उक्त प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्याण्डसँग खेलेको थियो । उक्त खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।  नेपालले आफ्नो दोस्रो खेल बिहीबार कुवेतसँग खेलेको थियो । उक्त खेलमा नेपालले कुवेतलाई १०८ रनले हराएको थियो ।

यसैगरी शनिबार खेलेको तेस्रो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएई)सँग १३ रनले पराजित भएको थियो । नेपालले आफ्नो पाँचौँ खेल अब मङ्गलबार कुवेतसँग खेल्ने छ ।