विश्वकप छनोट ‘ए’ : ओमानमाथि नेपालको शानदार जित

विश्वकप छनोट ‘ए’ : ओमानमाथि नेपालको शानदार जित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आइसिसी टि–२० विश्वकप छनोट ‘ए’मा नेपाल तेस्रो भएको छ । ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ मा भएको खेलमा आयोजक ओमानलाई ९ विकेटले हराउँदै नेपाल तेस्रो भएको हो ।

ओमानले दिएको ८८ रनको लक्ष्य नेपालले १६.२ ओभरमा एक विकेट गुमाउँदै पुरा गर्यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतकिय पारी खेले । उनले ५३ बलमा ३ चौका र २ छक्काको मद्दतमा ५५ रन जोडे । अर्का ओपनर आशिफ शेखले १३ रनको योगदान गरे । आरिफ शेख २१ रन बनाउँदै नट आउट रहे ।

ओमानका लागि जिशान मकसूदले एक विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको ओमान २० ओभरमा ९ विकेट गुमाउँदै ८७ रनमा समेटिएको थियो ।

नेपाली बलरको अगाडी ओमानका ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन् । ओमानका लागि कप्तान जिशान मकसूदले २१ रन बनाए । ओपनरद्वय कश्यप कुमार हरिशभाई र जतिन्द्र सिंहले क्रमशः ५ र २ रन जोडे । शोएब खानले ३, मोहम्मद नदीमले १, अयान खानले १६, सन्दीप गौडले १, नेस्टर धम्बाले ३ रनको योगदान गरे । नसीम खुशीले १५, कलीमुल्लाहले १४, बिलाल खानले ४ रन जोडे ।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए । कमल सिंह ऐरी, आरिफ शेख, अविनाश बोहरा, सागर ढकालले एक/एक विकेट लिएका छन् ।