नेपाल आउनुअघि मोदी चीन जाने, चिनियाँ राष्ट्रपतिसँग शुक्रबार नै भेट्ने

नेपाल आउनुअघि मोदी चीन जाने, चिनियाँ राष्ट्रपतिसँग शुक्रबार नै भेट्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउनुअघि चीन जाने पक्का भएको छ ।

जेठ ११ मा मोदीको नेपाल आउने तयारी हुँदा त्यसअघि नै यही शुक्रबार मोदी चीनको भ्रमणमा जाने तय भएको हाे। चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भेटवार्तापछि मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आगामी शुक्रबार र शनिबार दुई दिन बिहान उहान शहरमा अनौपचारिक शिखर वार्ता हुने  जनाइएको  छ ।

संयुक्त पत्रकार सम्मेलनमा चिनियाँ विदेशमन्त्री वाङले राष्ट्रपति सी र प्रधानमन्त्री मोदीबीच हुने वार्ता दुई देशको सम्बन्धमा कोशेढुंगा हुने विश्वास व्यक्त गरे ।

साङ्घाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को सम्मेलन आगामी जुन ९ र १० मा हुनेछ । तर त्यसअघि नै सी र मोदीले अनौपचारिक शिखर सम्मेलन गर्ने छन् ।