बाढी प्रभावित क्षेत्रमा यसरी खटियो सेना , रेञ्जर र युद्धभैरब गणको रेस्क्यु टिम तराई पुग्यो

बाढी प्रभावित क्षेत्रमा यसरी खटियो सेना , रेञ्जर र युद्धभैरब गणको रेस्क्यु टिम तराई पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले उद्धार कार्यमा सक्रियताका साथ खटिरहेको जानकारी दिएको छ । सेनाले साउन २७ गते राती परेको अविरल वर्षाको कारण ताप्लेजुङ, पांचथर, झापा, मोरङ, सुनसरी, सिन्धुली, चितवन र बांकेको विभिन्न स्थानहरुमा आएको बाढी तथा डुबानमा परेका ईलाकाहरुमा नेपाली सेनाको युनिटहरु खोज तथा उद्धार कार्यमा सक्रियताका साथ खटिईरहेको जनाएको छ ।

 

सैनिक जनसम्पर्क निर्देशनालयकाअुनसार बाढी प्रभावित जिल्ला सुनसरी र मोरङमा शुक्रवार मध्यरातबाट नै खोज तथा उद्धारको लागि पूर्वी पृतना हेडक्वार्टर अन्तरगतका फौजहरु परिचालित भईरहेका छन् ।

 

सुनसरीमा डुबानमा परी ४ सर्वसाधारणको मृत्यु भएको र करिब ४०० घरहरु डुबानमा परेको भन्ने जानकारी प्राप्त हुना साथ डुबान प्रभावित सर्वसाधारणलाई सुरक्षित स्थानमा लैजान तथा अन्य सहयोगको लागि फौज परिचालन गरिएको सैनिक जनसम्र्पक निर्देशनालयले जनाएको छ । सेनाले उद्दारमा पूर्वी पृतना हेडक्वार्टर ईटहरीमा रहेको एलुवेट हेलिकप्टर समेत प्रयोग गरिएको जानकारी दिएको छ ।

 

 

त्यसैगरी, सिन्धुलीको कमलामाई नगरपालिकामा शुक्रवारदेखि परेको अविरल बर्षाको कारण आएको पहिरोबाट मृत्यु भएका ४ जनाको शवलाई सेनाको चण्डीदल गणबाट खटिईएको फौजले पहिरोबाट निकाल्न र सोही पहिरोमा परेका १ जना सर्वसाधारणको जिवितै उद्धार गर्ने कार्यमा सहयोग पु¥याएको जनाएको छ ।   

 

अविरल बर्षाको कारण आएको बाढीबाट बढी प्रभावित बांकेमा समेत खोज तथा उद्धार कार्यको लागि उत्तर पश्चिम पृतना हेडक्वाटर अन्तरगतबाट फौज सक्रियताका साथ खट्टिई रहेका छन् । साथै, उत्तर पश्चिम पृतनाको मुख्यालय सुर्खेतमा रहेको सेनाको एम आई १७ हेलिकप्टर समेत खोज तथा उद्धार कार्यमा प्रयोग गरिएको सेनाको भनाई छ ।

 

केहि दिन यता अविरल बर्षाका कारण आएको बाढी तथा डुबानमा परेका स्थानीयहरुको खोज तथा उद्धार कार्यमा थप मद्दतको लागि २ वटा मोटरबाट चल्ने डुंगा र १ वटा रबर बोट लगायत अन्य आवश्यक इक्वीमेन्ट सहित काठमाण्डौं स्थित रेञ्जर गणबाट ३ वटा रेस्क्यु टिम र  युद्धभैरब गणबाट ३ वटा उद्धार टिम गरी जम्मा १०० जना गौचरस्थित त्रिभुवन अन्तर्राट्रिय  विमानस्थलमा तयारी हालतमा राखिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।