काठमाडौँ- एएफसी एसियन कप फुटबल प्रतियोगिताअन्तर्गत छनोट चरणको अन्तिम खेलका लागि मगलबार २० सदस्यीय टोलीको घोषणा गरिएको छ । यही चैत १३ गते कतारको दोहामा हुने यमन विरुद्धको खेलका लागि अखिल नेपाल फुटबल संघले २० सदस्यीय टोलीको घोषणा गरेको हो ।
छनोट हुने खेलाडीको गोलरक्षकमा किरण चेम्जोङ, विकेश कुथु र एलन न्यौपाने छन् । त्यसैगरी विमल घर्ती मगर, नवयुग श्रेष्ठ, विशाल राई, रोहित चन्द र हेमन गुरुङ, हेमन्त थापा मगर र सुजन श्रेष्ठ छनोट भएका छन् ।
सुनिल बल, अन्जन विष्ट, सुमन लामा, दिनेश राजवंशी, विराज मर्हजन, रजिन धिमाल, देवेन्द्र तामाङ, आदित्य चौधरी, जर्ज प्रिन्स कार्की र अनन्त तामाङ टोलीमा अटाएका छन् । नेपाली टोलीको मुख्य प्रशिक्षकमा ग्योतोकु कोजी छन भने प्रशिक्षकमा राजुकाजी श्रेष्ठ तथा गोलकिपिङ प्रशिक्षकमा उज्जवल मानन्धर रहेका छन् ।
नेपाल भने प्रतियोगिताबाट यसअघि नै बाहिरिसकेको छ । समूह ‘एफ’मा नेपालसहति यमन, फिलिपिन्स र ताजकिस्तान छन । नेपाल २ अंकसहित अंक तालिकाको अन्तिम स्थानमा छ ।
प्रतिक्रिया