भन्सार कर्मचारीकै मिलेमतोमा तस्करी, नेपालगन्ज भन्सारबाट ट्रकसहित ७० लाखको मेसिन बरामद

भन्सार कर्मचारीकै मिलेमतोमा तस्करी, नेपालगन्ज भन्सारबाट ट्रकसहित ७० लाखको मेसिन बरामद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके– नेपालगन्ज भन्सार कार्यालयका केही कमचारीहरुको मिलोमतोमा तस्करी हुने गरेको खुलासा भएको छ।

 

शनिवार रातिसंघीय प्रहरी ईकाइ कार्यालय नेपालगन्जले भन्सार छलीको झण्डै ७० लाख रुपैया मुल्य पर्ने मेसिन र त्यसका पार्टस बरामद गरेपछि उक्त रहस्य खुलेको हो।

 

 

प्रहरी स्रोतका अनुसार युपी ३६ टी ७३०७ नम्बरको भारतीय ट्रकमा भित्रिँदै गरेको सामग्री बरामद भएको हो। ट्रकमा मेसिन र मेसिनका पाटपूर्जा रहेका थिए।

 

 

प्रहरी स्रोेतले भन्यो, ‘भन्सार नगरेको र रातिको समयमा मेसिन निकासी गर्ने सूचना प्राप्त भएको थियो।’

 

संघीय प्रहरी ईकाइ कार्यालय नेपालगन्जका प्रहरी प्रमुख एसएसपी महेशविक्रम शाहले भन्सार नगरेको पाइएकोले ट्रक नियन्त्रणमा लिइएको बताए।

 

 

भन्सारबाट नेपालगन्ज तर्फ आउँदै गर्दा चौलिका नजिक ट्रकमा रहेको मेसिन बरामद भएको एसएसपी शाहले बताए।