स्वदेश फर्किदाँको खुसी ! (फोटो)

स्वदेश फर्किदाँको खुसी ! (फोटो)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कुवेतबाट १ सय ४९ जना नेपाली स्वदेश फर्किएका छन् । कुवेतमा आममाफीमा सहभागी नेपालीलाई कुवेत सरकारले नै स्वदेश फर्काइदिएको हो ।

शुक्रबार बिहान कुवेतबाट जजिरा एअरलाइन्समार्फत काठमाडौं अवतरण गरेकाहरुमध्ये एक सय ४० जना महिला, २ जना दुई वर्ष मुनिका बालबालिका र ७ जना १२ वर्ष मुनिका बालबालिका छन् । कुवेतबाट हिजो बिहीबार २ सय ९९ जना महिला स्वदेश फर्किसकेका छन् ।

घर फर्किएका नेपालीलाई विमानस्थलमा सामान्य स्वास्थ्य जाँचपछि सम्बन्धित प्रदेशको होल्डिङ सेन्टरमा लगिने छ । होल्डिङ सेन्टरमा प्रक्रिया पूरा भएपछि उनीहरुलाई प्रदेशले नै सम्बन्धित पालिकामा पठाउने छ ।

कुवेतबाट बिहीबार त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थल आइपुगेका नेपाली बसबाट होल्डिङ्ग सेन्टर जाँदै । तस्वीरः प्रदीपराज वन्त/रासस