नेपाल–चीन सीमापार रेलमार्गबारे बेइजिङमा छलफल

नेपाल–चीन सीमापार रेलमार्गबारे बेइजिङमा छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- केरुङ–काठमाडौंसम्मको नेपाल–चीन सीमापार रेलमार्गबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली  र चिनियाँ समकक्षी वाङ यीसँग  बेइजिङमा छलफल भएको छ । बुधबार विहान बेइजिङमा द्विपक्षीय वार्तामा नेपाल–चीन सीमापार रेलमार्गबारे छलफल भएको हो ।

यसैगरि काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गबारे पनि छलफल भएको  बेइजिङस्थित नेपाली राजदूतावासले जारी गरेको बिज्ञप्ती उल्लेख छ ।

वान बेल्ट वान रोड (ओबीअोआर) मार्फत क्रस हिमालय कनेक्भिभिटी नेकवर्क अघि बढाउन पनि  सहमित भएको छ।  छिमेकी राष्ट्र भारतलाई यसमा सहभागी हुन चीनले आहृवान गरेको छ ।

भेटपछि चिनियाँ विदेशमन्त्री वाङले यो परियोजनाले चीन, नेपाल र भारतबीच आर्थिक करिडोरका लागि वातावरण बनाउने विश्वास व्यत्त गरे । उनले भने, ‘यस्तो सहकार्यले तीन देशको विकास र समृद्धिमा सहयोग गर्नेछ ।’

विदेशमन्त्री वाङले चीन, नेपाल र भारत प्राकृतिक रुपमा नै मित्र र साझेदार भएको बताउँदै एकै पहाड र नदीसँग जोडिएका छिमेकी भएकाले  छिमेकीको भलो चाहने बताए ।

परराष्टमन्त्री ज्ञवालीले नेपालबाट आधुनिक रेल चढेर हिमालको प्राकृतिक सौदर्य अवलोकन गर्दै चीन आउने सपना भएको बताएका थिए ।

परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘चीन सम्वन्ध नयाँ सुरुवातको विन्दुमा पुगेको छ । नेपालले  पूर्वाधार, ब्यापार, पर्यटन, संस्कृतिलगायतका क्षेत्रमा ‘विन विन’ सहमतिका लागि काम गर्छ।’

वार्तामा दुबै पक्षले आपसी प्रगाढ सम्बन्धलाई निरन्तरता दिन उच्चस्तरीय कूटनीतिक आदानप्रदान जारी राखिनुपर्ने बताएका थिए ।