हामी आफैंले बनाएको कानुनले आलमलाई जेल पुर्यायोः नेपाली कांग्रेस

हामी आफैंले बनाएको कानुनले आलमलाई जेल पुर्यायोः नेपाली कांग्रेस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसले पूर्वमन्त्री एवं सांसद मोहम्मद आफताव आलम आफूहरुले नै बनाएको कानुनले जेल पुगेको दाबी गरेको छ ।

मंसिर १४ मा हुने उपनिर्वाचनको पूर्वसन्ध्यामा क्रममा पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले रौतहटमा २३ जना भन्दा धेरैका जिउँदै हत्या गरेको अभियोग लागेका आलम फौजदारी अभियोग लागेपछि स्वतः निलम्बन भइसकेको दाबी गरेका छन् ।

‘आलम जेल जाने कुरा फौजदारी कानुनले तोकेको विषय हो’, शर्माले भने, ‘कांग्रेससहितले बनाएको कानुनले नै आलम जेल जान सम्भव भएको हो। फौजदारी अभियोग लागेपछि आलम स्वतः निलम्बन भइसकेका छन् ।’