प्रतिपक्षी दल कांग्रेसको विश्लेषणः २१ महिनामा यसरी भयो सरकार असफल (पूर्णपाठसहित)

प्रतिपक्षी दल कांग्रेसको विश्लेषणः २१ महिनामा यसरी भयो सरकार असफल (पूर्णपाठसहित)


काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएको दाबी गरेको छ । कांग्रेसले २१ महिनामा २१ तथ्यमा असफल भएको आरोप लगाएको हो ।

पार्टी मुख्यालय सानेपामा मंगलवार आयोजित विशेष पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उपनिर्वाचनमा कांग्रेसलाई मत दिए सरकारको शैली बदल्न सकिने जिकिर गरेका छन् ।

शर्माले भने, ‘यी तथ्यलाई विचार गरेर कांग्रेसलाई मत दिए सरकार बदल्न होइन, सरकारको शैली बदल्न मद्दत पुग्नेछ ।’

नेकपा नेतृत्वको सरकारमा अधिनायकवादी आकांक्षा भए पनि कांग्रेस रहेसम्म पूरा हुन नदिने प्रवक्ता शर्माले बताए । ‘अधिनायकवादी आकांक्षा त छ तर नेपालमा कांग्रेस पार्टी पनि छ । कांग्रेस रहेसम्म लोकतन्त्र खतरामा पर्न दिने छैनौं’ उनले भने ।

यस्तो छ २१ महिनामा सरकार असफल हुनुका कारणः

१. राष्ट्रियताको सबालमा
२. संविधानप्रतिको दायरा विस्तारमा
३. सत्ताको सैद्धान्तिक चरित्र निर्क्यौलमा
४. संविधानको बाँकी कार्यभार पूरा गर्नमा
५. कूटनीतिक मामिलामा
६. विप्लव प्रकरणमा
७. शान्ति सुरक्षाको समग्र प्रकरणमा
८. सरकारको नियतले संवैधानिक परिषद् असफल हुने खतरा
९. वाइडबडीलगायत भ्रष्टाचारमा
१०. ​बूढीगण्डकी आयोजनामा
११. मेलम्ची परियोजनामा
१२. निजगढ एयरपोर्टको भविष्यमा
१३. चिकित्सा क्षेत्रका विद्यार्थीको माग र गोविन्द केसीसँग गरेका सहमति कार्यान्वयनमा
१४.  मूल्य वृद्धिमा
१५. शब्दमा प्रेस स्वतन्त्रता व्यवहारमा नियन्त्रण
१६. धर्मको सन्दर्भमा
१७. गुठी प्रकरणमा
१८. सामाजिक सुरक्षा कोषका सबालमा
१९. बालुवाटार काण्ड (ललिता निवासको जग्गा)
२०. कम्युनिस्ट उकालो लाग्दा शेयर बजार ओरालो
२१. असहिष्णु अभिव्यक्ति