काठमाण्डु – नेपाली कांग्रेसका सांसदले वृद्धभत्ता पाउने उमेर ६५ वर्ष कायम गर्न माग गरेका छन् ।
सामाजिक सुरक्षा कार्यक्रममा ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई सरकारले मासिक ४ हजार रुपैँया दिन थालेको छ । बिहीवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा कांग्रेस सांसद जिपछिरिङ लामाले ६५ वर्षको उमेरमा वृद्धभत्ता दिनुपर्ने माग गरेका हुन् ।
२०७४ सालमा प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले ६५ वर्षको उमेरमा वृद्धभत्ता दिने निर्णय गरेको थियो तर त्यो निर्णय हालसम्म कार्यान्वयन भएको छैन् ।
प्रतिक्रिया