काठमाण्डु – सत्तारुढ दल नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ। मंसिर ४ गते हुने ‘प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी प्रतिबद्धता’ नामकरण गरेर घोषणापत्र सार्वजनिक गरिएको हो ।
शनिबार पार्टी मुख्य कार्यालय सानेपामा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा तथा पार्टी पदाधीकारी र घोषणापत्र लेखन समिति सदस्यहरुले सार्वजनिक गरेका हुन् ।
महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वमा रहेको ४१ सदस्यीय घोषणापत्र लेखन समितिले महिना दिन लगाएर घोषणापत्र लेखेको हो । घोषणापत्र लेखन समितिमा विभिन्न उपसिमिति बनाएर विषयगत विषयवस्तुमा काम गरिएको थियो ।
तिहार अगाडि नै संकल्प पत्र सार्वजनिक गर्ने तयारी गरेपनि अन्तिम समयमा सूचना निकालेर स्थगित भएको थियो । कांग्रेसले माओवादी केन्द्र, लोसपा, नेकपा एस, राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरेको छ। कांग्रेसले संविधानको रक्षा, स्थायित्व र समुन्नतिको आधार, नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार नारा तय गरेको छ।
प्रतिक्रिया