काठमाण्डु – नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालले २८ असारमा लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्न पार्टी सांसदहरूलाई ह्वीप जारी गरेको छ ।
नेपाली कांग्रेसका प्रतिनिधि सभाका प्रमुख सचेतक रमेश लेखकले विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका नेपाली कांग्रेस संसदीय दलले सूचनामार्फत जानकारी दिएको छ ।
‘प्रमुख सचेतक रमेश लेखकले असार २८ गते विहान ११ः०० बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका माननीय सदस्यहरुलाई अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू माथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न व्हिप जारी गर्नुभएको छ,’ दलले जारी गरेको सूचनामा लेखिएको छ ।
प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थित हुन पनि कांग्रेसले पार्टी सांसदहरूलाई निर्देशन दिएको छ ।
प्रतिक्रिया