नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा अस्ट्रेलियाका देव वाटमोर नियुक्त

नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा अस्ट्रेलियाका देव वाटमोर नियुक्त


काठमाण्डु – नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा देव वाटमोर नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले अस्ट्रेलियाका वाटमोरलाई राष्ट्रिय टिमको प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको छ । वाटमोरले आगामी जनावरी १ देखि लागू हुने गरी नेपाली टिम सम्हाल्नेछन् ।

पूर्व क्रिकेटरसमेत रहेका ६६ वर्षीय वाटमोर अनुभवी क्रिकेटर मानिन्छन् ।

क्यानले वाटमोरलाई प्रशिक्षक नियुक्त गरेसँगै रौनकबहादुर मल्ललाई महाप्रवन्धक, रमेशकुमार न्यौपानेलाई मुख्य बृत्त व्यवस्थापक र विनोद दासलाई क्रिकेट व्यवस्थापकमा नियुक्त गरेको छ ।