मेडिकल राहतसहित नेपाली सेनाको टोली म्यानमार उड्यो

मेडिकल राहतसहित नेपाली सेनाको टोली म्यानमार उड्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मेडिकल राहतसहित नेपाली सेनाको टोली म्यानमार प्रस्थान गरेको छ । भूकम्पका कारण भएको धनजनको क्षति पश्चात् नेपाल सरकारको निर्णयबमोजिम मेडिकल राहतसहित नेपाली सेनाको टोली आज म्यानमार प्रस्थान गरेको हो।

प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टिम, ४ जना बन्दोबस्ती सहायता टिम र ६ जना क्रु मेम्बर सहित कुल २२ सदस्यीय टोली नेपाली सेनाको CN-235 CASA विमानद्वारा म्यानमार प्रस्थान गरेको हो ।

विभिन्न प्रकृतिका आवश्यक औषधि एवं ईक्युप्मेन्टहरु सहित उक्त टोलीमा सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरु संलग्न रहेका छन् ।

उक्त टोलीले करिब एक साता म्यानमार भूकम्पमा परी घाइते भएकाहरूको स्वास्थ्य उपचारमा खटिने नेपाली सेनाले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।