काठमाण्डु– म्यानमारमा भूकम्प प्रभावित घाइतेहरूको उपचारमा खटिएको नेपाली सेनाको टोली स्वदेश फर्किएको छ ।
चैत्र २० गते म्यानमार गएको १६ सदस्यीय चिकित्सकीय टोली शुक्रबार स्वदेश फिर्ता भएको हो ।
म्यानमारको यामथिन सहरमा स्वास्थ्य शिविर स्थापना गरी खटिएको टोलीले शल्यक्रिया, हाड जोर्नी तथा ओ.पि.डि. लगायतका सेवा प्रदान गरेको थियो ।
टिममा मेडिकल इन्चार्ज तथा जनरल सर्जन प्रमुख सेनानी डा. बिकास बहादुर रायामाझी, अर्थोपेडिक्स सर्जन प्रमुख सेनानी डा. मोहित थापा मगर तथा अन्य दुई मेडिकल अधिकृत,दुई सैनिक उपचारिकाका साथै ६ जना प्यारामेडिकहरु रहेका थिए ।
प्रतिक्रिया