चितवन – नेपाली सेना श्री नम्बर २ विपद् व्यवस्थापन गण रिसौली चितवनले नारायणी नदीमा जलउद्धार अभ्यास तालिमको प्रदर्शनी गरेको छ । नेपाली सेना श्री नम्बर २ विपद् व्यवस्थापन गण रिसौली चितवनले श्री विपद् व्यवस्थापन निर्देशनालय अन्तर्गतका फौजहरुको क्षमता विकास अभिवृद्धिका साथै समूहगत कार्य गर्ने परिपाटीको विकास गर्ने उद्देश्यले जलउद्धार अभ्यास गरेको हो ।
सो अवसरमा नदीमा डुङ्गा पल्टेर डुबेकाहरुको उद्धार कसरी गर्ने भन्ने बारेमा प्रदर्शन गरिएको थियो । प्रदर्शनमा मोटरबोट, जेटबोट र र्याफटिङ्ग बोट प्रयोग गरिएको थियो ।
तालिममा श्री विपद् व्यस्थापन तालिम शिक्षालय श्री नम्बर १ विपद् व्यवस्थापन गण र श्री नम्बर २ विपद् व्यवस्थापन गणका ३५ सेनाहरुको सहगागिता रहेको श्री नम्बर २ विपद् व्यवस्थापन गणका गणपति राजेन्द्र पराजुलीले बताए । उक्त प्रदर्शनमा प्रशिक्षार्थीहरुले फ्लिप ड्रिल अण्डर वाटर क्रसिङ्ग ओ बी एम र्याफटिङ्ग बोटद्वारा अभ्यास गरेका थिए ।
उक्त अवसरमा प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईलाई विपदमा प्रयोग गरिने विभिन्न आधुनिक उपकरणबारे जानकारी गराइएको थियो । सो अवसरमा विपदका बेला उद्धार गर्ने सम्बन्धमा पूर्व अभ्यास देखाउने, नदीमा बगेको मानिसलाई कसरी उद्धार गर्ने भन्ने विषयमा प्रदर्शर्नी गरिएको र विपद् व्यवस्थापन गणसँग भएका उद्धार सामाग्रीको प्रदर्शनी समेत भएको थियो । कार्यक्रममा सेनाको विपद व्यवस्थापन निर्देशनालयका सहनिर्देशक महासेनानी सुवास थापा, जिल्लाका सरकारी निकायका सुरक्षा अधिकारीहरुको पनि सहभागिता रहेको थियो । ६ दिनसम्म भएको तालिम आज समापन गरिएको हो ।
प्रतिक्रिया