काठमाण्डु – सिन्धुली अस्पतालको ओपीडी सेवा बन्द भएको छ । गत २२ गते स्वाब संकलन गरिएका २२ जनामध्ये आइतबार ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पतालको आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द गरिएको हो ।
अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलका अनुसार नेपाली सेनाका ४ जना, अस्पतामा कार्यरत एक स्वास्थ्यकर्मीको अभिभावकसहित ६ जनामा कोरोना संक्रमण भएपछि तीन दिनका लागि अस्पतालको आकस्मिक सेवा बाहेकका अन्य सेवा बन्द गरिएको हो ।
कमलामाई नगरपालिका १४ स्थित पर्यावरण गणमा कार्यरत ३३, ३७, ३७ र ३८ वर्षका चारजना नेपाली सेनाका पुरुष, कमलामाई नगरपालिका ६ मा रहेको क्वारेन्टाइनमा रहेका तिनपाटन ४ का २२ वर्षीय पुरुष र एकजना सिन्धुली अस्पतालको ल्यावमा कार्यरत स्वास्थ्यकर्मीका अविभावकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रतिक्रिया