एक्कासी फेरीए सैनिक प्रवक्ता, सैनिक प्रवक्तामा दाहाललाई जिम्मेवारी

एक्कासी फेरीए सैनिक प्रवक्ता, सैनिक प्रवक्तामा दाहाललाई जिम्मेवारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली सेनाले सहायकरथी नैनराज दाहाललाई सैनिक प्रवक्ताको जिम्मेवारी दिएको छ । हालका सैनिक प्रवक्ता सहायक रथी झंकरबहादुर कडायत सुदूरपश्चिम पृतनाको कामु पृतनापतिमा सरुवा भएपछि दाहाललाई सैनिक प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

 

 

सैनिक स्रोतले दिएको जानकारीअनुसार पूर्वी पृतनामा चिफ अफ स्टाफ रहेका सहायक रथि दाहाललाई आईतबार कडायतले नेपाली सेनाले प्रवक्ताको जिम्मेवारी हस्तान्तरण गर्ने कार्यक्रम छ ।

 

सुदुरपश्चिम पृतनामा पृतनापति रहेका उपरथी दिपक भारतीको सम्भार विभागमा सरुवा भएपछि कडायतलाई पृतनाको जिम्मेवारी दिइएको हो । सहायकरथी कडायत उपरथी बढुवाको लाइनमा छन् ।