काठमाण्डु – नेपाली सेनाले रिक्त रहेको सैन्य पदमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
शुक्रबार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गरी नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको कार्यरथी विभागले विभिन्न स्थानमा ४ हजार ५०० सङ्ख्यामा सैन्य पदको दरखास्त आह्वान गरेको हो ।
माग गरिएको मध्ये खुलातर्फ २३५१ संख्या छ। यस्तै सैनिक परिवारका लागि २२५ जना,महिला ३९०, आदिवासी जनजाति ६१७, मधेशी ५४०, दलित २८७ र पिछडिएको क्षेत्रबाट ९० संख्या छुट्याइएको छ।
इच्छुकले अनलाइन मार्फत फारम भर्न सक्ने छनोट निर्देशनालय, कार्य रथी विभाग जङ्गी अड्डाले जनाएको छ । १८ वर्ष पूरा भई २२ वर्ष ननाघेकाले मात्र फारम भर्न पाउने छन्। फाराम भर्ने अन्तिम मिति जेठ १४ गते तोकिएको छ।
प्रतिक्रिया