फोर नेसन्स कपका लागि नेपाली टोली घोषणा

फोर नेसन्स कपका लागि नेपाली टोली घोषणा


काठमाण्डु-लेबनानमा हुने फोर नेसन्स कपका लागि नेपाली महिला राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बुधबार गोलकिपर एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २२ सदस्यीय टोली सार्वजनिक गरेका हुन् ।

प्रतीक्षा चौधरी, सरस्वती हमाल र चन्द्र भण्डारी बन्द प्रशिक्षणबाट बाहिरिएका छन् । यसैगरी मिडफिल्डर सरु लिम्बु र रेनुका नगरकोटीले टोलीमा पुनरागमन गरेका छन् । उनीहरू चोटका कारण मैदान बाहिर थिए ।

प्रतियोगिता असार २६ देखि साउन १ सम्म त्रिपोली अन्तर्राष्ट्रिय फुटबल मैदानमा हुनेछ । नेपालले असार २६ मा जोर्डनसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

यसैगरी नेपालले असार २९ मा बंगलादेश र साउन १ मा घरेलु टोली लेबनाननको सामना गर्नेछ ।

नेपाली टोली

गोलकिपर : एन्जिला तुम्बापो सुब्बा, अञ्जना रानामगर र उषा नाथ

रक्षक : गीता राना,अमृता जैसी, हिराकुमारी भुजेल, विमला विक, निशा ठोकर, पूजा राना र समीक्षा घिमिरे

मिडफिल्डर : रेणुका नगरकोटी, सरु लिम्बु, अनिता बस्नेत, सविता रानामगर, अनिता केसी, प्रीति राई, अमिषा कार्की, दीपा शाही, विमला चौधरी र सरस्वती हमाल

फरवार्ड :सावित्रा भण्डारी, रेखा पौडेल र रश्मिकुमारी घिसिङ