काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नम्बर २ मा सेना परिचालनको स्वीकृति दिएकी छन्।
आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको चुनावका लागि राष्ट्रपतिले सेना परिचालन गर्न स्वीकृत दिएकी हुन्। राष्ट्रपतिले नेपालको संविधानको धारा ६६ को उपधारा ९२० बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उक्त स्वीकृति प्रदान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
स्थानीय तह निर्वाचन सुरक्षा योजना, २०७३ मा व्यवस्था भएअनुसार नेपाली सेना र अन्य सुरक्षा निकायहरुलाई एकीकृत तथा समन्वयात्मक रुपमा परिचालन गर्ने राष्ट्रिय सुरक्षा परिषद्को सिफारिस र मन्त्रिपरिषद्को निर्णयबमोजिम प्रधानमन्त्रीले सेना परिचालनका निम्ति राष्ट्रपतिसमक्ष यही भदौ ५ गते सिफारिस गरेका थिए।
प्रतिक्रिया