नेपालको हितका लागि चीन र बङ्गलादेशसँग पिटिए गर्ने उर्जामन्त्री पुनको घोषणा

नेपालको हितका लागि चीन र बङ्गलादेशसँग पिटिए गर्ने उर्जामन्त्री पुनको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले उर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । थाइल्यान्डको बैंककमा आयोजित दोस्रो एसिया तथा प्रशान्त क्षेत्रीय इनर्जी फोरमलाई सम्बोधन गर्दै मन्त्री पुनले नेपालमा स्थायित्व र विकासको युग सुरु भएको भन्दै विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका हुन् । उनले विगतको तुलनामा ऊर्जा तथा जलविद्युत विकासमा उल्लेख्य सुधार भएको दावी समेत गरेका छन् ।

कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पुनले चीन र बंगलादेशसंग द्विपक्षीय विद्युत व्यापार तथा समन्वय प्रक्रिया सुरु भएको जानकारी दिएका थिए । उनले भारतसंग विद्युत व्यापार सम्झौता (पिटिए) भइसकेको जानकारी दिंदै अव वंङगलादेश र चीनसंग पनि छिट्टै उक्त सम्झौता हुने बताएका छन् । मन्त्री पुनले उर्जा तथा विद्युतको क्षेत्रमा चीनसहित सार्क र विमस्टेक स्तरमा क्षेत्रीय सहकार्य हुनुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा मन्त्री पुनले क्षेत्रीय सम्बन्ध विस्तार, आर्थिक विकास र विद्युत उत्पादन विस्तार गर्न आवश्यक रहेको बताएका थिए ।
‘हामीले भारतसंग पिटिए सम्झौता गरिसकेका छौ, अव चीन र बंगलादेशसंग पनि हामी पिटिए गर्ने तयारीमा छौ, यसबाछ क्षेत्रीय विकासमा योगदान पुग्ने विश्वास हामीले लिएका छौं । ’ मन्त्री पुनले भने ।

उनले दिगो र गुणस्तरीय विद्युत विकास गर्न क्षेत्रीय सदस्यबीच सम्बन्ध बलियो हुनुपर्ने धारणा समेत कार्यक्रममा राखेका थिए ।
मन्त्री पुनले नविकरणीय उर्जालाई प्रवद्र्धन गर्ने सरकारको निति भएको बताए । वैदेशिक लगानीको सुरक्षामा सरकारले ध्यान दिएको भन्दै उर्जा क्षेत्रमा लगानी गर्न समेत उनले आग्रह गरेका छन् ।

सदस्य राष्ट्रहरुको घनिष्ट सम्बन्धमा जोड दिंदै उर्जामन्त्री पुनले विद्युतलाई आर्थिक विकाससंग जोड्न पनि सदस्य राष्ट्रबीच अन्तर–आवद्धता आवश्यक रहेको बताए ।

उर्जामन्त्रीले भेटे म्यानमार र पाकिस्तानी समकक्षी
उर्जामन्त्री पुनले म्यानमारका उर्जामन्त्री जयर अंग र पाकिस्तानी समकक्षी अहमद खानसंग भेटवार्ता गरेका छन् । मन्त्री पुनका प्रेस संयोजक रोशन खड्काकाअनुसार भेटमा पाकिस्तानी उर्जामन्त्रीले आफ्नो देशको उर्जा क्षेत्रको अवस्थाका बारेमा उर्जामन्त्री पुनलाई जानकारी गराएका थिए । पाकिस्तानी उर्जामन्त्री नविकरणिय उर्जामा जोड दिन र स्मार्ट विलिङ सिस्टममा जान मन्त्री पुनलाई सुझाव दिएका थिए ।

विमस्टेक उर्जा फोरमको अध्यक्षता गरिरहेको म्यानमारका उर्जामन्त्री जयर अंगसंगको भेटमा मन्त्री पुनले फोरमको तेस्रो वैठकको अध्यक्षता नेपालले गर्ने तयारी गरिरहेको जानकारी दिएका थिए । उनले त्यसको अवसरमा नेपाल भ्रमण गर्न समेत निम्तो दिएका छन् ।