नेपाल प्रहरीमा इन्सपेक्टरदेखि डीआईजीसम्म बढुवा गर्ने तयारीमा देउवा सरकार

नेपाल प्रहरीमा इन्सपेक्टरदेखि डीआईजीसम्म बढुवा गर्ने तयारीमा देउवा सरकार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – शेरबहादुर देउवा नेतृत्वको सरकारले दीर्घकालिन महत्व राख्ने नेपाल प्रहरीमा ठूलो संख्यामा अफिसरहरुको बढुवा गर्ने तयारी गरेको छ ।

 

माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचन आचारसंहिताका कारण प्रहरी प्रधान कार्यालयले सहमतिका लागि गृह मन्त्रालयमार्फत आयोगमा पठाउन पत्राचार गरेको हो । स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयले सहमतिका लागि पठाएको पत्र मन्त्रालयले आयोगमा पठाउने तयारी गरेको छ ।     

 

प्रहरीका १४ डीआईजी सहित अन्य अधिकृतहरु बढुवाका लागि भन्दै बुधवार नै प्रहरी प्रधान कार्यालयले ‘निर्वाचत आयोगको सहमतिका लागि गृह मन्त्रालयमा पत्राचार गरेको छ ।

 

गृह मन्त्रालयका एक अधिकृतका अनुसार प्रहरी प्रधान कार्यालयले केही दिनअघि मात्र दरबन्दी थप भएको ५ सहित १४ डीआईजी र सय जना हाराहारी इन्सपेक्टरलाई डिएसपीमा बढुवा गर्न आयोगको सहमतीका लागि पत्राचार गरेको छ ।

 

यता, केही दिनअघि मात्र सशस्त्र प्रहरीका पाँच डिआईजीलाई एआईजीमा बढुवा गरेको सरकारले रिक्त अन्य पदका लागि भने बढुवा प्रक्रिया अगाडी बढाएको छैन । बुधबार प्रहरी प्रधान कार्यालयबाट ठूलो संख्यामा बढुवा सहमतिका लागि पत्र आएपनि सशस्त्र प्रहरीको तर्फबाट भने त्यस्तो पत्राचार नभएको गृह मन्त्रालयका एक उप–सचिवले जानकारी दिएका छन् ।

 

सई बाट इन्स्पेक्टर बढुवाका लागि प्राविधिकतर्फबाट १० जनालाई बढुवा गर्न सहमति माग गरिएको छ  । एसएसपी, एसपी र डिएसपी पदमा पनि उल्लेख्य संख्यामा बढुवाका लागी प्रहरी प्रधान कार्यालयले सहमती मागेको गृह मन्त्रालयका एक अधिकृतले जानकारी दिएका छन् ।