नेप्से परिसूचक ४.६२ अंकले घट्यो

नेप्से परिसूचक ४.६२ अंकले घट्यो


काठमाण्डु – शेयर बजार नेप्से परिसूचक सोमबार ४.६२ अंकले घटेको छ ।

आज नेप्से परिसूचक ०.२१ प्रतिशतले घटेर २ हजार १३६.३५ विन्दुमा बन्द भएको छ ।

सोमबार ९५ कम्पनीको शेयर मूल्य वृद्धि हुँदा १४१ कम्पनीको शेयर मूल्य घटेको छ भने १० कम्पनीको शेयर मूल्य स्थिर छ । ४ अर्ब ५६ करोड ९८ लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको छ ।

सोमबार समाज लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९.६८ प्रतिशतले वृद्धि भएको छ भने मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको मूल्य ८.३९ प्रतिशतले घटेको छ ।

फाइनान्स, माइक्रोफाइनान्स र म्युचुअल फन्ड समूहको परिसूचक बढेको छ ।